गाउँले न्युज, १३ भाद्र, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका २ स्थित सुर्केको भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
विहिबार दिउसो मानसिक सन्तुलन ठिक नभएका ३० वर्षिया आङ सेर्की शेपाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
स्थानिय शेर्पा सुर्के खोलाको भिरबाट लडेर अन्दाजी २ सय मिटर तल खस्दा घटना स्थमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।