गाउँले न्युज, ३ भाद्र, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बुपाङल्यामु गाउँपालिकाले आफ्नो क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ को निति तथा कार्यक्रम अनुसार उक्त निर्णय पारित गरिएको प्रमुख प्रसाशकिय अधिकृत गणेश घिमिरेद्वारा हस्ताक्षर भएको बिज्ञाप्तिमा जनाएको छ ।
बिज्ञाप्तिमा आउँदो पुस १६ गते देखि लागु हुने गरी खुम्बु क्षेत्र भित्र ३० माईक्रमेन भन्दा कम तौलका प्लाष्टिक, पेय पर्दाथका प्लाष्टिकजन्य बोतलहरुलाई निषेध गरिएको छ । गाउँपालिकाले तोकेको समय भन्दा अगाडी त्यस क्षेत्रका नागकिलाई लक्षीत गरी ५ प्रकारको झोला वितरण गर्ने उल्लेख गरिएको छ ।
मानविय कृयाकलापका कारण जलबायुमा प्रतिकुल असर परेको, हिमालमा हिउँ सुक्दै जान थालेको तथा जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले प्लाष्टिक निषेध गरिएको गाउँपालिका प्रबक्ता लाक्पा छिरि शेर्पाले बताए ।