WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjdDjSppTXR1l.u24m2wCnSUyifOVf.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 02:04:08', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । लोकदोहारी गायिका सावित्रा भुजेलको बजार तताउने तीज गीत ‘प्रदेशी दादा’ सार्वजनिक भएको छ । सावित्री भुजेलको यूट्यूब च्यानलमार्फत सार्वजनिक म्यूजिक भिडियोसहितको उक्त तीज गीतले अहिले बजारमा निक्कै चर्चा कमाउन सफल भइरहेको छ ।
भुजेल र हरी गिरी ‘विमर्शी’ले स्वरवद्ध गरेको उक्त गीतको शब्द/संगीत हरी गिरी ‘विमर्शी’को रहेको छ । कृष्ण विकले एरेञ्ज सो गीत प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
चर्चित मोडल शंकर बिसीद्धारा निर्देशित गीतको म्यूजिक भिडियोमा स्वं भुजेलको मुख्य अभिनय रहेको छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियोको सम्पादन भने नविन घर्ती मगरले गरेका छन् ।
पछिल्लो समय लोकसंगीतमा जम्दै गरेकी भुजेलको यसअघि पानी पुरी लोकदोहोरीलगायत थुप्रै कोशेलीहरु बजारमा आइसकेका छन् ।