पुष्पकमल दाहालको त्रास कि आश ! ‘हेग लगे विश्वकै हिरो हुन्छु, संसारले चिन्छन्

पुष्पकमल दाहालको त्रास कि आश ! ‘हेग लगे विश्वकै हिरो हुन्छु, संसारले चिन्छन्

गाउँले न्युज, १३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई अन्तर्राष्ट्रिय अदालत हेग लगिए पनि केही फरक नपर्ने बताएका छन् ।

सोमबार आफ्नै निवासमा नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले आफूहरुलाई हेग लैजाने र एक दिन भए पनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइनअन्तर्गत भएको जिकिर गरे । दाहालले आफूलाई हेग लगेर विश्वकै हिरो बनाउलान् भन्ने चाहिँ नलागेको पनि बताए ।

‘परिवर्तन नचाहने तत्वहरु त्यसमा लागेका छन्,’ दाहालले भने, ‘मलाई हेग लगेर पनि केही फरक पर्दैन । त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु । संसारले मलाई एकैपटक चिन्छन् । संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ । त्यो मेरो लागि गर्वको कुरा हुन्छ।’

शान्ति प्रक्रियामा नआएको भए आफूहरु श्रीलंकाली विद्रोही लिट्टे झै बन्ने खतरा थियो भन्दै दाहालले नेपालमा आएको परिवर्तन हामी आफैंले ल्याएको जिकिर गरे ।

प्राप्त उपलब्धिलाई टेकर अगाडि बढ्न शान्ति प्रक्रियामा आएको प्रष्ट्याउँदै, ‘यहाँ नआउँदा पेरु र फिलिपिन्समा जे स्थिति भयो, हाम्रो त्यही स्थिति हुनेवाला थियो । लिट्टेको जे भयो, त्यही हुने खतरा थियो’, उनले भने ।

शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द समूह सकिने चेतावनी दिँदै उनले क्रान्ति दुई/चार जनाले गरेर हुने चिज नभएको प्रष्ट गरे । ‘लेनिनले पटक पटक क्रान्ति दुई/चार जनालाई रहर लाग्यो, म क्रान्ति गर्छु भनेर हुने चिज होइन । क्रान्ति लाखौं करोडौं जनताको कार्य हो,’ भनेको स्मरण गर्दै उनले भने, ‘जनताबिना क्रान्ति हुँदैन।’

संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा केही प्रतिक्रियावादी रहेको भन्दै उनले त्यसका लागि नेताहरुलाई बदनाम गर्न थालिएको आरोप पनि लगाए ।

दाहालले यसो भने पनि दशक लामो माओवादी सशस्त्र हिंसाका समयमा गरिएको मानव अधिकार ज्यादतीको मुद्दामा कतै आफुलाई अन्तर्राष्ट्रिय अदालतसम्म लैजान्छन् कि भन्ने संशय उनलाई रहेको देखिन्थ्यो । खासगरी माओवादीको पूर्वबालसेनाका संयोजक लेनिन विष्टको युरोप यात्रा र त्यसपछि आएका खबरले दाहाललाई झस्काएको देखिन्छ । इमेजखबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका