WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV98S9nP0Yu9IdGcIh10rpIh.6kN9n/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-27 23:28:04', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, साउन ९, काठमाडौं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले वार्षिक वार्षिक साधारण सभामा वितरण गर्ने पुरस्कारहरुको छनौटको लागी बरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरेको छ ।
टानको ४१ औं बार्षिक साधारणसभा भदौ २० गते हुनेछ । समितिका सदस्यहरुमा सदस्यहरुमा पर्यटन व्यवसायीहरु डम्बर पराजुली, पूर्ण चन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतल चन्द्र धरेल रहेका छन ।
साथै यस वर्षबाट सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व।रविन्द्र अधिकारीको नाममा रविन्द्र अधिकारी पर्यटन पुरस्कार स्थापन गरि वितरण गर्ने निर्णय गरिएको छ ।
मन्त्री अधिकारीको २०७५ साल फाल्गुण १५ गते ताप्लेजुङमा भएको हेलि दुर्घटनामा निधन भएको थियो ।
टानले वितरण गर्ने पुरस्कारहरु
१. टान पत्रकारिता पुरस्कार २५–२५ हजारको २ जना
२. टान डा. हर्क गुरुङ पुरस्कार ५०,०००।
३. टान पासाङ ल्हामु पुुरस्कार ५०,०००।
४. टान पेम्बा डोमा पुरस्कार १५,०००।
५. नयाँ थप टान रविन्द्र अधिकारी पुरस्कार ६०,०००।
साभार: शिखरपोश्ट