रोटर्याक्टले गर्यो रक्त समूह परीक्षण कार्यक्रम

रोटर्याक्टले गर्यो रक्त समूह परीक्षण कार्यक्रम

चितवन, पुस ४–
रोटर्याक्ट क्लव अफ भरतपुरले पूर्वी चितवनको रत्ननगरपालिका–१७ बद्रेनीमा सोमबार निःशुल्क रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा २ देखि ८४ वर्ष उमेर समूहका ५४ जनाको रक्त समूह छुट्याईएको क्लवका कम्युनिटी सर्भिस डाईरेक्टर विनोद विसीले जानकारी दिनुभयो । आफ्नो रक्त समूह थाहा पाई रक्तदान गर्न र स्वंम आफ्नै रगत समूह थाहा नपाउँदा हुने जोखिम न्यूनीकरणका लागि रक्त समूह परीक्षण कार्यक्रम गरिएको जानकारी दिनुभयो । कार्यक्रमलाई सीड ल्याब्रोटरी र मौलाकालिका अस्पतालले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रम सफल बनाउन बि एण्ड डी अटोले सहयोग रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ