गाउँले न्युज, १५ असार, काठमाडौं । धादिङको बेनिघाटमा बस र माइक्रोबस ठोक्किदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोकिदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताए । दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।