WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B90HXr3PgTr3pdbPf8ceK2QdmwstRp/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:04:35', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २ जेष्ठ, सोलुखुम्बु । खुम्बु पासाङल्यामु गाउँपालिका ४ स्थित गोक्यो हिमतालमा बेपत्ता भएका २ विध्यार्थी मध्ये सुनिल बराईलीको शव भेटिएको छ ।
खोजकर्ताले तालबाट शव भेटाएपनि प्रहरीको अनुपस्थितिमा शव के गर्ने भन्ने अन्यौलमा परेको पत्रकार बिक्रम श्रेष्ठले बताए । बेपत्ताको पुनः खोजी गर्न लागेको बिषयमा इलाका प्रहरी कार्यालय नाम्चे र प्रहरी चौकी खुम्जुङलाई पहिले नै जानकारी गराएपनि घटनास्थलमा प्रहरी नपुग्नाले अन्यौल थपिएको श्रेष्ठले बताए ।
आफ्न्तले जानकारी गराएरनी अहिलेसम्म प्रहरी उपस्थित नभएकोमा मृतकका काका राजकुमार बराईलिले आक्रोश पोख्दै भने ‘अब यो शबलाई कहिलेसम्म रुँगेर बस्ने ? त्यत्तिकै सनाखत गरेर लैजाउ भने भोलि पुलिस केस हुन सक्छ होला ?’
खोजकर्ताले परिचालन गरेको रोबर्टले करिब ३५ फिट गहिराईमा रहेको शब पहिचान गरेर आज बिहान मात्र निकालेको हो ।