सिल्भर किङ: मेक्सिकोका सेसर बारोनको लन्डनमा कुस्ती खेल्दाखेल्दै मृत्यु

सिल्भर किङ: मेक्सिकोका सेसर बारोनको लन्डनमा कुस्ती खेल्दाखेल्दै मृत्यु

गाउँले न्यूज, काठमाण्डौ । सिल्भर किङ उपनामले परिचित सेसर बारोन मेक्सिकोका चर्चित कुस्तीबाज थिए । उनले सन् २००५ मा निर्मित चलचित्र नाचो लिब्रमा हास्य कलाकार ज्याक ब्ल्याकसँगै अभिनय पनि गरेका थिए ।

५१ वर्षिय बारोन क्याम्डनस्थित राउन्डहाउसमा कुस्ती खेल्दाखेल्दा ढलेका थिए ।
अर्का कुस्तीबाजले बारोनलाई “महान् प्रतिद्वन्द्वी” भन्दै प्रशंसा गरेका छन् ।
एल इखो डेल सान्टोले भने, “उनी आफूले इच्छा गरेअनुसार नै गए: भिडन्त गर्दागर्दै!”
होर्खे रोड्रिगेज भनेर पनि चिनिने एल इखो डेल सान्टोले ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीको मृत्युमा दु:ख प्रकट प्रकट गरेका छन्।

शनिवार ग्रेटेस्ट शो अफ लुचा लिब्रमा अचेत भएर बारोन ढल्दा भिडन्त बीचतिर पुगेको थियो । मेक्सिकोका सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको हुन सक्ने जनाएका छन् ।
अन्लाइन माध्यमहरूमा प्रेषित दृश्यमा खेलका निर्णायक र अरू मानिसहरू ढलेका बारोनलाई सहायता गर्न लम्किएको पनि देखिन्छ ।

लुचा लिब्रमा कुस्तीबाजहरू मुकुन्डो लगाएर निर्देशित तरिकाले भिड्छन् । बारोन कुस्तीबाजको परिवारमा हुर्किए । उनका बुवा पनि चर्चित कुस्तीबाज थिए ।

सिल्भर किङका रूपमा बारोनले धेरै सफलता पाए । उनले सन् १९९७ देखि २००० सम्म अमेरिकाको वर्ल्ड च्याम्पियनशिप रेस्लिङ खेले ।
सन् २००५ मा हलिउडमा निर्मित नाचो लिब्रमा उनले खलपात्रको भूमिकामा अभिनय पनि गरेका थिए ।
बारोनको मृत्युमा कुस्ती खेलसँग सम्बन्धित व्यक्ति र संस्थाले दु:ख प्रकट गरेका छन् ।

sourse:BBC

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका