सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीव्र बिकास (मुख्य बुँदाहरु)

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीव्र बिकास (मुख्य बुँदाहरु)

गाउँले न्यूज, २० बैशाख, काठमाडौं । सरकारले आगामी वर्षलाई तीव्र विकासको वर्ष हुने लक्ष्य राखेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको (२०७६/०७७) लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै तीब्र विकासको नीति लिएको बताए । ठुला आयोजनामा लगानी आव्हान गर्नेदेखि ५ लाखलाई थप रोजगार दिनेसम्म सरकारको नीति छ । आगामी अर्थिक वर्षभित्रै माथिल्लो तामाकोशीको सम्पूर्ण काम सकेर सञ्चालनमा ल्याउने र मेलम्ची खानेपानी आयोजना पनि सम्पन्न गर्ने सरकारले नीति लिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रम (मुख्य–मुख्य बुँदासहित)
–आगामी आर्थिक बर्ष इतिहासकै तीव्र विकासको बर्ष हुनेछ ।
–मानवीय क्षेत्र विकास, रोजगार सृजना, असमानताको अन्त्य र विधिको शासनको प्रत्याभूतिलाई केन्द्रमा राखिएको छ ।
–प्रदेशहरुको सम्भावनाका आधारमा विशिष्ट विकास नीति कार्याक्रमको अवधारणा ल्याइने ।
–क्षेत्रगत कार्यक्रमलाई दीगो विकासको लक्ष्यसँग आवद्ध गरिनेछ ।
–२०२१ सम्म देश उच्च आय भएको हुनेछ ।
–आगामी चारवर्ष भित्र दोहोरो अंककमो आर्थिक बृद्धिदर हासिल गरिनेछ ।
–राष्ट्रिय बचत क्षमता बढाइनेछ ।
–ठुला आयोजनामा नागरिकाको लगानी लगाइनेछ ।
–अधुरो राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ ।
-आगामी वर्ष ५ लाखलाई थप रोजगार दिने ।
-कर भुक्तानी लागत घटाइने ।
–आगामी जेठ १ गतेदेखि एकल बिन्दु सेवा स्थापना गरिने ।
–उत्कृष्ट उत्पादनको नीति लिइने ।
–आगामी १ वर्षमा सातै प्रदेशमा औद्योगीक क्षेत्र निर्माण गरिने ।
–आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।
–कोशी र कर्णाली कोरिडोरको सबै ट्रयाक खोल्ने कार्य आगामी वर्षबाट सुरु गरिनेछ ।
–राजमार्गका विभिन्न स्थानमा आपतकालिन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिनेछ ।
–सामुदायिक, सहकारी र करार खेतीमा युवालाई प्रोत्साहन गरिनेछ ।
खाद्यवस्तुको उत्पादनमा तीव्र बृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाइनेछ ।
–सिञ्चित कृषि क्षेत्रको वृद्धि मुलुकको समृद्धि ।
–लिफ्ट सिञ्चाइ प्रणाली विस्तार गरिनेछ । मधेस तथा तराईका कृषियोग्य भूमिमा सौर्य सिचाईं योजना सञ्चालन गरिनेछ ।
–सरकारको जनताको सुख दुखमा साथ दिने गरी शशक्त हुनेछ ।
–दोहोरो अंकको आर्थिक बृद्धिदर भएको छ । २७ प्रतिशतले बचत बृद्धि भएको छ । अनावश्यक खर्चमा कटौती गरी मितव्ययीता कायम गरिएको छ । विकास हामै पालामा सम्भव छ भन्ने विश्वास बढ्दै गएको छ । एक बर्षको अवधिमा १ हजार ६ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । रेलमार्ग निर्माणको लागि प्राविधिक अध्ययन सम्पन्न भएको छ ।
–२८७ मेगावाट विजुली यस वर्षको अत्न्यसम्म हुनेछ । सम्पूर्ण सुभनालाई डिजिटल नेटवर्कमा आवद्ध गर्ने गरी फ्रेमवर्क तयार भएको छ ।
–स्वदशेभित्रै रोजगारीको लागि सवै स्थानीय तहमा रोजगारी सुचना केन्द्र स्थापना गरिएको छ ।
–ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको छ । राष्ट्रिय सुरक्षा नीति
वित्तय अप।ाधमा संलग्नालाई कानुनी दायरामा ल्याइएको छ ।
–हरेक दिन एक कदम अगाडी बढ्ने सरकारको नीतिका कारण जनतामा उत्साह सृजना भएको छ । समृद्धिको आधार वर्ष बनाउन सरकार सफल भएको छ ।
–जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने । लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल विन्दु सेवा केन्द्र (एकद्वार निकाय) बल्ल गठन भएको छ।
–ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न।
–आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने ।
उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ।
–उनले पर्यटक आगमनमा ३३ प्रतिशतले वृद्धि भएको बताइन् ।
–२०१९ भित्रै भैरहवा स्थित निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने छ ।
–आगामी आर्थिक वर्षमा सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना थालिने छ ।
–आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।
–सिमेन्टलाई प्रमुख निर्यात योग्य बस्तुको रुपमा उत्पादन बढाइने छ । रात्रिकालिन काठमाडौं सम्पदा यात्रा थालनी गरिने छ।
–राजमार्गका विभिन्न स्थानमा आपतकालीन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिने छ ।
–बारीका पाटा र खेतका गरा हुन्छन् हराभरा ।
–नारायणी लिफ्ट सिचाइ परियोजनालाई पुनः सञ्चालनमा ल्याइने छ।
–आगामी आर्थिक वर्षलाई वृक्षारोपण गरी वृक्षारोपण गरिने छ । सहकारीको –नेतृत्वमा कृषि उत्पादन प्रशोधन र बजारीकरण गरिने छ।
– सामाजिक सुरक्षा भत्ता बढाइने छ ।
–आगामी चार वर्ष्भित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने छ ।
–सबै स्थानीय तह र सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट र्पुयाइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका