माप्य दुधकोशीमा एकै दिन चार सडक उद्घाटन, दुई भवन शिलान्यास (फोटो फिचर)

माप्य दुधकोशीमा एकै दिन चार सडक उद्घाटन, दुई भवन शिलान्यास (फोटो फिचर)

गाउँले न्यूज, ११ बैशाख, सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिकामा एकै दिन चार सडकको उद्घाटन र दुई भवनको शिलन्यास गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ को लगानिमा खनिएका चारवटै सडकको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले मंगलबार उद्घाटन गरेका हुन् ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ को पसल पानी–घैयावारी–चोच्मी–इन्दोक–झुम्काइ सम्म ३ किलोमिटर, वडा न ६ कै फापरे–जलेश्वरी विद्यालय हुदै लामाबगरसम्म ७.५ किलोमिटर सडक, साथै वडा नम्बर ७ को रोचम–हाकुल्ला-ताप्तेलसम्म ५.५ किलोमिटर, वडा नम्बर ७ कै डाँडाखर्क–रोचम–सेम्फेन्याइ–सोलाबानसम्म ३ किलोमिटर सडकको मंगलबार उद्घाटन गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा छुट्याएको बजेटले निर्माण भएका सडकमध्ये पसल पानीदेखि भुम्काई सम्मको सडक निर्माणमा ११ लाख, रोचम ताप्तेल सडक खण्डमा ३५ लाख, डाडाँखर्क सोलाबन सडक निर्माणमा ३३ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।

माप्य दुधकोशी गाउँपालिका ७ मा निर्मित एकता महिला समाजको भवनको पनि मंगलबार नै उद्घाटन गरिएको छ । गाउँपालिकाको डेढ लाख र एकता महिला समूहको लगानिमा निर्मित एकता महिला समाजको भवनको अध्यक्ष राईले रिबन काटेर उद्घाटन गरेका हुन् ।

दुई शिलान्यास

माप्य दुधकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ को ५० लाख लागतमा वाकु ६ मा निर्माण हुन लागेको ६ कोठे प्रहरी चौकी भवन र सप्तरंगी फाउण्डेसन नामक गैह्र सरकारी संस्थाको २५ लाख लागतमा हिमालय आधारभूत विद्यालय हाकुलाको २ कोठे बालमैत्री भवनको पनि मंगलबार नै अध्यक्ष राईले शिलान्यास गरेका छन् । प्रहरी चौकि भवन निर्मानको लागि स्थानिय महलसिंह राई, अंक कहादुर राई, मनीकुमार राई, कमल कुमारी राई र दिनेश कुमार राईले संयुक्त रुपमा जग्गा प्रदान गर्नु भएको हो । प्रहरी चौकी भवन सोलुखुम्बुकै पहिलो आर सि सि भवन भएको गाउँपालिकाले जनाएको छ  ।

कार्यक्रमको दौडानमै मंगलबारनै देलबय र हाकुलामा निर्मानाधिन सामूदायिक भवन् र विद्यालय भवनको अनुगमन पनि गाउँपालिका अध्यक्ष राइले गरेका छन ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका