WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIhP7Pj61Rxnw4ZicUBgGEFE7QWH1D.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 04:42:31', '', 'admlnlx', 'admlnlx')

कविता- बाध्यताको वेग हान्नुछ … – Gaule Khabar

कविता- बाध्यताको वेग हान्नुछ …

कविता- बाध्यताको वेग हान्नुछ …
राज कुमार राई
कलाकार
माप्य दुधकोशी गा.पा.–१, जुभिङ

एक झोला सपना भरी !
पट्ट्याएर जिम्मेवारीका गरुङ्गो भारीहरू
त्यसमाथि खादेर रहरका अनेक पोकाहरू
अनि,
हिडेर तीन दिनको बाटो,
गुडेर एक दिनको दुरी
सवारी भएको थियो काठमाडांैको ।

छोडेर कमेरोले पोपेको ढुङ्गाको घर
अनि फेरेर जस्ताले छाएको स्कुल,
थुप्रिएर कंक्रिट सिमेन्ट्को कोठाभित्र
एक दशक जोतियो ‘अंग्रेजी’ बोर्डिङ स्कुलमा ।
टिनको पुरानो बाकसभित्र बेफिक्री सुतिरहेछन्
दश दर्जन बढी भि.आई.पी. सर्र्टिफिकेटहरू ः
एस.एल.सी. मा डिस्टिङ्सन
प्लस टु मा फ्याकल्टी टपर
के.यु.बाट ग्य्राज्युएटेड
अरु के के हो के के … !

तिरेर महिनाको दश हजार गाडीभाडा
बल्ल तल्ल पाउने पन्ध्र हजारको जागिर
न त निल्नु ! न त ओकल्नु !
सुरुवात गर्न आफ्नै व्यवसाय
न त मिल्ने मार्कसिटलाई धितो राख्न ।
बुढो घर झै बुढेसकाल लागेका बुबा–आमा
आसै आसमा अडिएका,
वर्षौ नखोलेरै त्यो एक झोला सपना
कुच्चीसके होलान् पट्ट्याएर राखेका
ती जिम्मेवारीका गरुङ्गो भारीहरू
ढुसी लागिसके होलान्
खादिएका ती रहरका अनेक पोकाहरू ।

सोचमग्न भएर अनेक सोचिरहदा
फेसबुक वालमा पोस्ट् भएका
भिन्न भिन्न पात्रहरूका
भिन्न भिन्न ‘स्टाटस्’ सहितको फोटोहरूले
अट्टहास् गिज्याइदिन्छन्ः
सिड्नीको ‘सेल्फी’
डेनमार्कको ‘डे–आउट’
हङकङको ‘ह्याङआउट’
पेरिसको ‘पेन्टिङ म्यूजियम’
न्यूयोर्कको ‘न्यू एक्स्पीरीयन्स’
क्यानाडाको ‘क्या राम्रो शहर’
रोमको ‘रमाइलो’
लन्डनको ‘लभ्ली प्लेस’
जापानको ‘न्यू जब’
कोरियाको ‘कोरियन डिस’
पोर्चुगलको ‘पी.आर.’
के के हो के के !

आदर्शको ‘आइडी कार्ड’ भिरेर,
धैर्यताको ‘हलो’ नारेर
आफ्नै गिदीलाई पछुतोको लौरोले
पछाडीबाट हिर्काउदै,
निराशाको विउ छर्दै
के जोत्नुर खै आफ्नै जिन्दगीलाई ?
स्वदेशमै सर्टिफिकेटको सम्मान हुदो हो त
बाध्यताको विरानो विदेशमा को बरालिन्थ्यो र ?
अतः,
फुकालेर
दुई दशक पुरानो एक झोला सपना,
लगाएर आइरन
जिम्मेवारीका गरुङ्गो भारीहरूमा
सुकाएर बिस्कुन,
खादिएका रहरका अनेक पोकाहरूको
सबै सबै सुटकेसमा एकमुस्ट प्याक गरेर
बाध्यताको वेग हान्नुछ सामुद्रिक किनारातर्फ ।

साभारः सुन्म्यासङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका