किरात कुलुङ भाषामा “आम्नी मीन्ताम-ओखी रीदाम”को १०१ औं भाग हर्सोलाससाथ मनायो

किरात कुलुङ भाषामा “आम्नी मीन्ताम-ओखी रीदाम”को १०१ औं भाग हर्सोलाससाथ मनायो

गाउँले न्यूज सम्बाददाता, ३ चैत्र, काठमाण्डौ । स्व-पहिचान र सह-अस्तित्वको एउटा बुलन्द आवाज मुल नाराका साथ इन्डिजिनियस टेलिभिजनबाट किरात कुलुङ भाषामा प्रसारित पहिलो टेलिभिजन कार्यक्रम आम्नी मीन्ताम-ओखी रीदामको १०१ औं भाग भब्यताका साथ मनाएको छ ।

आज चैत्र ३ गते अनामनगर स्थित इन्डिजिनियस टेलिभिजनकाे कार्यालय मनाईएको कार्यक्रममा बोल्ने वत्ताहरुले कार्यक्रम १०१ पुर्‍याउन सफल टोलीलाई बधाई दिदै आगामी दिनको लागी शुभकामना व्यक्त गरेका छन् । कार्यक्रमलाई यहाँ सम्म ल्याउन अजय अलङकारले थुप्रै चुनौतिको सामना गर्नु परेको इन्डिजिनियस टेलिभिजनका कार्यकरी निर्माता कुमार यात्रुले बताए । टेलिभिजनमा म्यानेजिङ डाईरेक्टर जगत दोङ तामाङले प्रस्तोता अजय अलङकारले राज्यले गर्नुपर्ने काम उहाँ एक्लैले गर्नुभएको छ जसले गर्दा कुलुङ संघले समेत यसको उच्च मुल्यांकन गर्दै सम्मान गर्नु पर्ने बताए । साथै कुलुङ संघका केन्द्रीय महा-सचिव इन्द्र होनित्ती कुलुङ कार्यक्रमले १०१ भाग पुर्‍याएकोमा बधाई दिदै आगामी दिनमा कुलुङ संघको तर्फबाट कार्यक्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका