माप्य दुधकोशी गाउँपालिकामा सन्चालित २ दिने आवसीय तालिम आज सम्पन्न

माप्य दुधकोशी गाउँपालिकामा सन्चालित २ दिने आवसीय तालिम आज सम्पन्न

गाँउले न्यूज–१२ फाल्गुण, काठमाडौं : सोलुखुम्बुस्थित माम्य दुधकोशी गाउँपालिकामा आवसीय तालिम आज समापन गरिएको छ ।

भूकम्प पछिको पुननिर्माण र स्थानीय सरकार संचालन विधि सम्बन्धि आवासीय तालिम हिजोबाट सञ्चालन गरिएको हो । राष्ट्र निर्माण मञ्चद्धारा आयोजित कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीलगायतका बाक्लो उपस्थितिमा सन्चालन गरिएको थियो ।

पहिलो दिन सन्चालित तालिममा, स्थानिय सरकार सन्चालन सम्बन्धी कानुनी व्यवस्था, कार्यक्षेत्र, प्राथमिकता स्थानिय सरकारको व्यवस्थापिका र कार्यपालिकाको काम कर्तव्य अधिकार र भिन्नता र स्थानिय निकायको कार्यक्षेत्र, प्राथमिकता र कानुन तर्जुमा र न्यायिक समितिका विवाद निरुपन प्रकृया र स्थानइय तहको आम्दानी, कर, प्रनाली, सम्पत्ति कर, सार्वजनिक खरिद प्रकृया मुल्याङ्कन बिधी र व्यवस्थापना सम्बन्धी छलफल गरिएको थियो ।

आज तालिमको दोश्रो दिन मुलुकी देवानी तथा अपराध सहिताको विशेस्ता केही नयाँ व्यवस्था र कार्यबिधी, मेलमिलापका चरान्हरु, कानुनी व्यवस्था र भुकम्प प्रभाबित सँरचनाको पुननीर्मान सम्बन्धी ऐन, नियमवली र कार्यबिधीहरु सम्बन्धी छलफल गरी कार्यक्रम्को समापन गरिएको थियो ।

राष्ट्र निर्माण मञ्चद्धारा आयोजित २ दिने तालिमा जनताको भुकम्पिय समस्याबारे व्यवस्थापन तथा स्थानीय कानुन निर्माणमा धेरै कुराको जानकारी तथा प्रभाबकारी र उपलब्धी मुलक भएको कुरा माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले गाउँले न्युजसँग जानकारी गराउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका