WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8dXlEhODCiYLWMy43TiSt65Ij3okI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:31:25', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ८ फाल्गुन, सोलुखुम्बु । सोलुखुम्बुमा क्षेत्रिय महिला भलिबल प्रतियोगीता शुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको आयोजनामा शुरु भएको प्रतियोगीतामा पुर्वाञ्चलका १४ जिल्लाका टिमको सहभागीता रहेको छ ।

उत्घाटन समारोहमा काक्रममा प्रमुख अतिथी प्रदेस सामसद मा उत्तम कुमार बस्नेतले भलिबल राष्टिय खेलाडी तथा नेपाल भलिबल संघका सदस्य टेक कुमार राजभन्डारी, सोलुखुम्बु फुटबल प्रमुख नामगेल शेर्पा, सोलुखुम्बु भलिवल प्रमुख दिनेश राजभन्डारी, मार्सल आर्ट प्रमुख बिरुउदास शेष्ठलाई ताम्रपत्र द्वारा समान गर्नुभयो । उहाहरुको खेलकुदमा गर्नुभएको योगदानलाई कदर गर्दै सम्मान गरिएको जिल्ला खेलकुद बिकास समिती अध्यक्ष डि बि राणापालले बताए ।

योङ स्टारको क्लबको खेलमैदानमा भईरहेको प्रतियोगीतामा पहिलो चरणका ६ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा संखुवासभाले ताप्लेजुङलाई २५–९ र २५–११ को सोझो सेटमा हराउदै विजयी भएको छ । ईलाम र मोरङ बीच भएको दोस्रो खेलमा २५–७ र २५–७ को सेटले मोरङ विजयी भएको छ ।

मंगलबारको तेस्रो खेलमा २५–९ र २५–९ को सेटमा सुनसरीको टिमसंग पाँचथर पराजित भएको छ भने २५–११ र २५–१३ को सेटले धनकुटा माथी ओखलढुंगाले विजय हासिल गरेको छ । सोलुखुम्बु र तेह्रथुम बीच भएको प्रतिस्प्रर्धामा सोललु विजयी भएको छ । २५–१० र २५–१९ को सोझो सेटमा तेह्रथुम माथी सोलुुले जित हात पारेको हो । भोजपुर र उदयपुर बीच भएको अन्तिम खेलमा भोजपुर पराजित भएको छ । २५–२० र २५–१७ को सेटमा उदयपुरले जित निकालेको हो ।
विभिन्न १४ जिल्लाबाट छनौट भएर आएका खेलाडीहरुले प्रतियोगीतामा प्रतिस्प्रर्धा गरिरहेका छन् । खेल ५ दिन सम्म चल्ने राणापालले बताए ।