कसैलाई थाहा हुन्न रैछ जिन्दगी सधैं यस्तै होस
साँचो पिरती त कृष्ण र रुपा कै जस्तो होस
मायाको कथा हुन ती, मुना र मदनको जुन
तर साँचो माया त यहाँ रुपा र कृष्ण कै हुन ।
भाग्य रेखा दैबको खेल खै ! कस्लाई दिनु र दोस
केवल सधैं – सधैं साथ रुपाकी जस्तो होस
मायाको कथा हुन ती, लैला – मञ्नुको जुन
तर साँचो माया त यहाँ रुपा र कृष्ण कै हुन ।
धरती – आकाश र जुन – तारा बेग्लाबेग्लै हुन
केवल किरण सधैं – सधैं रुपाकी जस्तै हुन
मायाको कथा हुन ती, रोमियो – जुलियट्को जुन
तर साँचो माया त यहाँ रुपा र कृष्ण कै हुन ।