गजल

गजल

-दिवस लोहोरुङ राई
संखुवासभा

अन्तरिक्षमाथि विकसित मुलुकका यानहरू।
अनयास खाडी मुलुक भरी नेपाली जवानहरू।

गाली गलौज मात्र देशै भरी तैं निच मै उंच,
पियक्कडहरूको देश नेपाल भन्ने भानहरू।

पिउनेहरूकै छ उत्तरी छिमेकी मुलुकमा
विश्व भरी पहिलो अर्थतन्त्रको सानहरू ।

तिमीहरूकै दबदबी पाउमोल्ने बानीहरू,
देशै भरी टेडो सुन्ने कर्मचारी कानहरू।

चलाखहरुले चलाएको देश नेपाल,
अनि भ्रष्टचारले पुष्टिएका ज्यानहरू।

किसानहरू गनिएनन् हाम्म्रो नेपालमा तर,
विकसित मुलुकमा उनिहरूकै सम्मानहरू ।

•••

गजलकार त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरतहमा अध्ययनरत छन् ।
दिवस लोहोरुङ राईलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका