पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

काठमाडौं, १७ मंसिर । नेपाल आयल निगमले लामो समयपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले सोमबार मध्य रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार कायम भएको मूल्यअनुसार पेट्रोल प्रति लिटर एक सय ११२ रुपैयाँ, डिजेल तथा मट्टितेललाई ९९ रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय मूल्यका आधारमा समायोजन नहुँदा गत् साउनदेखि घाटा व्यहोरेको निगमलाई डलरको भाउ बढ्दा पछिल्लो समयमा भदौको अन्तिम सातादेखि कात्तिकसम्ममा थप आर्थिक भार थपिएको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा निगमले तीन अर्ब ८४ करोड घाटा व्यहोरेको छ । साउनदेखि मंसिरसम्ममा निगमले तीन अर्ब ८२ करोड रुपैयाँ घाटा व्यहोरेको थियो ।

स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन नगर्दा निगमको ‘वर्किङ क्यापिटल’ समेत धरापमा परेको थियो ।

निगमले असोज १ गतेदेखि मूल्य समायोजन गरेको थिएन । चाडवाडको समयमा उपभोक्तालाई महँगीको मार नथप्न भन्दै उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले मूल्य नबढाउन निर्देशन दिएको थियो ।

साभार : अन्नपूर्ण पोस्ट

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका