सुतेकै ठाउँमा सोलुखुम्बुमा मलेसियन नागरिकको ज्यान गयो

सुतेकै ठाउँमा सोलुखुम्बुमा मलेसियन नागरिकको ज्यान गयो

सोलुखुम्बु, सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४, दिङबोचेमा रहेको गुडलक होटलमा मलेसियन नागरिकको ज्यान गएकोे छ ।

मलेसियन नागरिक ४३ वर्षीया वङ वेनडी नाम गरेकी महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

भ्रमणका लागि आइतबार सोलुखुम्बु आइपुगेका मलेसियन ४ जनाको समूह थिए । बास बसेकै ठाउँमा वङ वेनडीको अाइतबार राति मृत्यु भएको बताइएको छ । मृत्युको कारण यकिन नभए पनि हाई अल्टिच्यूडका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।

पोष्टमार्टमका लागि शव सोमबार बिहान हेलिकप्टरद्वारा शिक्षण अस्पताल काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शालिग्राम शर्माले जानकारी दिनुभयो ।

ujloonline

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका