माप्यको घुम्ती शिबिर सम्पन्न ४ सय भन्दा बढिले लिए सेवा

माप्यको घुम्ती शिबिर सम्पन्न ४ सय भन्दा बढिले लिए सेवा

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका ६ र ७ का ४०५ जनाले वडाबाटै सामाजिक सुरक्षा भक्ता पएका छन ।

कृषि विकास बैंक खास्ताब शाखा र गाउँपालिकाको पन्जीकरण शाखासँगको समन्वयमा वडामानै पुगि शुक्रबार र शनिबार सुरक्षा भत्ता वितरण गरेको हो ।

गाउँपालिका केन्द्र खास्ताब सम्म आउन भौगोलिक हिसाबले असहज हुने भएकाले वडामै पुगेर भत्ता वितरण गरिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताए ।

बृद्धबृद्धा, अपांगता तथा अशक्तहरुका लागि लक्षित गरेर सुरु गरिएको घुम्ती शिविरले आफुहरुलाई ठुलो राहत मिलेको लाभग्राहीले बताएका छन् ।

घुम्ती शिविरमा वडाध्यक्ष, वडा तथा पालिकाका कर्मचारीहरु, बैंकका कर्मचारीहरु सकृय रुपमा खटेको गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिए ।

चालु आर्थिक वर्षको अन्तिम किस्ताबाट सबै सुरक्षा भत्ता वडा तहबाटै वितरण गर्ने तयरी भईरहेको गाउँपालिका उपाध्यक्ष राईले बताए ।#

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका