WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMqjhyPlDhLVTEzrEcN4xLvQP63RqK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 01:50:41', '', 'admlnlx', 'admlnlx')

नोबेलपछिको दोस्रो ठूलो पुरस्कार नेपाली मूलका पाठकलाई – Gaule Khabar

नोबेलपछिको दोस्रो ठूलो पुरस्कार नेपाली मूलका पाठकलाई

नोबेलपछिको दोस्रो ठूलो पुरस्कार नेपाली मूलका पाठकलाई

९ वैशाख, काठमाडौं । क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कारपछिको दोस्रो ठूलो मानिने अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याएबापत पाठकलाई प्रदान गर्न लागिएको हो ।

४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक नेपाली मूलका पहिलो अर्थशास्त्रीसमेत हुन् ।

अमेरिकन इकोनोमिक एशोसिएसनले अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा प्राध्यापक रहेका ३७ वर्षे पाठकको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको जनाएको छ । इकोनोमिक एशोसिएसनले सार्वजनिक विद्यालयकाे शिक्षा प्रणाली सुधार गर्न पाठकले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेकाे छ ।

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पाठक बुबाआमा काठमाडौंबाट अमेरिकाको न्यूयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् ।

‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र विषयमा विद्यावारिधी गरे । सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए । त्यहाँ नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि उनले अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।

२०७५ वैशाख ९ गते ८:२८ मा प्रकाशित

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका