हुम्लाबाट २ सय ३४ जना जनप्रतिनिधि

हुम्लाबाट २ सय ३४ जना जनप्रतिनिधि

कचहरी डट कम, हुम्ला ।।

स्थानीय तहको चुनावबाट हुम्ला जिल्लाको ७ गाउँपालिका र ४४ वडापालिकाबाट २ सय ३४ जना जन प्रतिनिधि निर्वाचित हुने भएका छन् ।
हुम्लाभरी करीब २५ हजार मतदाता रहेको जानकारी जिल्ला निर्वाचन कार्यालय हुम्लाले दिएको छ । गाउँ गाउँ नपुगेका दलहरु पनि गाउँ गाउँ र घरदैलो अभियानमा लागेका छन् । हालसम्म नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काँग्रेस र नयाँ शक्ति नेपालले यो अभियान सञ्चालन गरेका छन् ।
सदरमुकामभन्दा पनि गाउँतिर राजनीतिक चपह पहल बढेको छ । यसबाट गाउँ गाउँमा गाउँपालिका प्रमु्ख, उपप्रमुख, वडा प्रमुख र अन्य सदस्यहरुको टिकटको लागि दौडधुप बढ्न लागेको छ ।

गाउँ गाउँमा आआफ्नो पार्टीमा नयाँ सदस्यता विस्तार गर्ने, नयाँ प्रवेश गर्ने गराउने र भेटघाटको काम बढेको दार्मा गाउँका बद्री शाहीले बताए । उनले भने करीब २० वर्षपछि नयाँ तरिकाले हुन लागेको यो स्थानीय तहको चुनावमा पार्टीको गतिविहिरुलाई हेर्नुका साथै कस्तो व्यक्ति छ । हेरेर भोट दिनु पर्ने बेला आएको छ ।

गाउँ गाउँमा पुराना नेताहरुभन्दा नयाँ नेताहरुले मौका पाउने र यसलाई सबल, सफल र सकरात्मक रुपमा अघि बढाउने नेताको खाँचो भएको हुम्लीहरुले बताउन थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका