चितवन,फागुन ५-
एमाले चितवनले घरदैलो अभियानलाई तीव्र बनाएको छ । वडा कमिटि मार्फत अधिकांस क्षेत्रमा घरदैलो अभियान गरिएका छन् । रत्ननगर १५ वडा कमिटिले माधवपुरमा बिहीबार भएको घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला कमिटी पूर्व सदस्य चन्दकान्त न्यौपाने, क्षेत्रीय सदस्य हुमनाथ लामिछाने, डम्बर बहादुर बुढाथोकी, रत्ननगर नगर कमिटी पूर्व अध्यक्ष प्रेमनाथ दुवाडी, रत्ननगर नगर कमिटी अध्यक्ष बद्रीनाथ घिमिरे, उपाध्यक्ष हरि कुमार श्रेष्ठ, युवा संघ नेपालका केन्द्रीय सदस्य प्रताप डल्लाकोटी, नगर सदस्य दिनेश घलानको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै रत्ननगरका संस्थापक मेयर तथा जिल्ला कमिटि सदस्य नारायण वनले एमालेको एजेण्डा लोकप्रिय रहेको भन्दै अबका चुनावमा एमालेको जित सुनिश्चत रहेको बताए । उनले चुनावी अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरे । कार्यक्रममा जिल्ला कमिटि सदस्य राजेन्द्रप्रसाद पोखरेलले राष्ट्रिय एकता र स्वाभिमानका लागि एमालेको विकल्प नरहेको बताए । उनले एमालेले देशलाई एक्यवद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
एमाले रत्ननगर १२÷१५ का इञ्चार्ज राजेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा भएको हो । शुक्रबार रत्ननगर भट्टचोक क्षेत्रमा घरदैलो कार्यक्रम गरिने वडा कमिटी रत्ननगर १५ का अध्यक्ष आसिक तामाङले जानकारि दिए ।