WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BALvRkagHHy3cfzLESFueQ28YpL6RJ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 13:30:50', '', 'admlnlx', 'admlnlx')
रुकुम, फागुन २-
स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले अहिले सिफारिस गरेको स्थानीय तहको सङ्ख्या बढी रहेको बताउनुभएको छ ।
स्थानीय तहको पुनःसंरचनाको अवस्थाका बारेमा आज यहाँ भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले “बढीमा तीन सय स्थानीय तह हुनुपर्नेमा राजनीतिक दलका कारण नेपालमा ७१९ स्थानीय तह बनाउन आफूहरु बाध्य भएको बताउनुभयो ।”
अध्यक्ष पौडेलले आयोगले सिफारिस गरेको सङ्ख्या बढी भएको कुरा इतिहासले पुष्टि गर्ने उल्लेख गर्दै स्थानीय तह कार्यान्वयन नगर्ने भित्री मनसायका कारण केही राजनीतिक नेताले अहिले पनि सङ्ख्या बढाउनुपर्ने भनिरहेका छन् भन्नुभयो । नयाँ संविधानले दिएको परिकल्पनाअनुसार स्थानीय तहको सङ्ख्या बढी बनाउनु भनेको सिंहदरबारको अधिकारलाई धेरै ठाउँमा विभाजन गर्नु नै हो, उहाँले भन्नुभयो – “संविधानले स्थानीय तहमा दिएको अधिकार कार्यान्वयन हुन नदिनका लागि केहि दल र त्यसका नेताले यसको सङ्ख्या बढाउने खेलमा लागेको छ ।”
अध्यक्ष पौडेलले छोटो समयमा धेरै काम गर्नुपरेका कारण सबै कुरा भनेजस्तोगरी मिलाउन नसकिएको स्पष्ट पार्नुभयो । -रासस