आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

काठमाण्डौं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।

बैठकले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको हो । बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए त्यो तयारीका लागि समेत सरकारलाई सुझाव दिएको उहाँले बताउए । मन्त्री कार्कीले भन्नुभयो, “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तय गर्छ ।”

विसं २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । त्यसलाई समेत मध्यनजर गरी संविधानसँग बाझिएका कानुन मिलाएर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने उहाँले बताए ।

देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन लोकतान्त्रिक मूल्यअनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिबद्ध रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जानमोर्चाका शीर्षनेता सहभागी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका