बीरगंज,फागुन २ –
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेले माओवादी केन्द्र र मधेसी मोर्चासँग निर्वाचन र संविधान कार्यान्वयनको विषयमा छलफल गरिरहेको बताएका छन् ।
गृहजिल्ला रौतहटमा सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले जति सक्दो छिटो स्थानीय निर्वाचन गरेर संविधान कार्यान्वयन गराउनेतर्फ सबै दल लाग्नु अहिलेको प्रमुख आवश्यकता भएकोमा जोड दिए ।
उनले स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले स्थानीय विकास निर्माणका कार्यमा भ्रष्टाचार बढ्दै गएको बताउदै स्थानीय निकायको निर्वाचन अत्यन्त जरुरी रहेकोले निर्वाचनबाट कुनै पनि राजनीतिक दल भाग्न नहुने बताए ।
नेता नेपालले आइजिपी नियुक्तिको विषय सर्वोच्च अदालतमा गई सकेकोले यसका बारेमा प्रतिक्रिया जनाउनु हतार हुने बताए ।