Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
म श्रममन्त्रि होईन शरम (लज्जा) मन्त्रि भाछु – मन्त्रि गुरुङ – Gaule Khabar

म श्रममन्त्रि होईन शरम (लज्जा) मन्त्रि भाछु – मन्त्रि गुरुङ

म श्रममन्त्रि होईन शरम (लज्जा) मन्त्रि भाछु – मन्त्रि गुरुङ
 सुदिप निउरे,
क्वालालम्पुर,फागुन १ –
 बर्तमान सरकारका एक मन्त्रीले आफ्नो मन्त्रालय श्रम मन्त्रालय नभै शरम (लज्जा) मन्त्रालय भएको बताए । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रममन्त्रि सुर्यमान गुरुङले आफ्नै मातहतको मन्त्रालयबारे असन्तुष्टी ब्यक्त गरेका छन ।बैदेशिक रोजगारीलाई प्रभाबकारी बनाउन नसक्नु लज्जास्पद भएको स्वीकार गर्दै मन्त्रि गुरुङले दलालहरुद्वारा श्रममन्त्रालयलाइ घेराबन्दी पार्ने काम भैरहेको स्पष्ट पारे । पहिले पनि बैदेशिक रोजगारी बारे आफुले बिभिन्न खाले समस्या सुन्दै आए पनि अहिले बास्तबिकता रुपमा दलालहरुको चलखेल देखिरहेको किस्सा समेत् सुनाए ।
आफु मन्त्रि भैसकेपछि अनलाईनबाट श्रम स्वीकृती लिने प्रक्रिया शुरु गरेको बताउंदै मन्त्रि गुरुङले दलालप्रति ईंगित गर्दै भने , हामीले शुरु गरेको कामले कतिपयलाई निन्द्रा लाग्न छोडीसकेको छ । युवा जनशक्ति बिदेश पठाउने काम आफुलाई पटक्कै मन नपर्ने भएपनि घुमिफिरी आफ्नो भागमा श्रम मन्त्रालयनै आईपुगेको मन्त्रि गुरुङ बताउंछन् ।मलेसियाबारे बिबादहरु धेरैनै भएको बताउदै मन्त्रि गुरुङले मलेसियालाइ कामदार दिने – नदिने भन्नेबारे भने सरकार सोच्न बाध्य भएको बताए । यधपि मलेसियालाइ कामदार नदिने भन्ने बारे कुनै निर्णय नभएको पनि मन्त्रि गुरुङको भनाइ छ् ।
छिट्टैनै हुने दुई देशका प्रतिनिधी सम्मिलीत भेटघाटमा त्यसबारे छलफल गरिने मन्त्रि गुरुङले बताए । श्रमलाई मर्यादित बनाउने काममा आफु लागी पर्ने बताउंदै मन्त्रि गुरुङले नेपालमा श्रम अस्पताल बनाउने बारे सरकारले सोच बनाईरहेको जानकारि दिए । कार्यक्रममा बिभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकले मन्त्रि गुरुङसंग प्रत्यक्षरुपमा आफ्ना समस्या र गुनासाहरु राखेका थिए ।शनिबार मलेसिया आईपुगेका मन्त्री गुरुङले मंगलबार मलेसियाका समकक्षी रिचर्ड रियोट्सँग भेटवार्ता गर्ने कार्यक्रम् छ ।यसै बिच  मलेसियामा रहेका नेपाली कामदारको हितका लागी एक कल्याणकारी कोषको स्थापना गरिएको छ । मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्रिको उपस्थितीमा कोषको स्थापना गरिएको हो ।
कोष स्थापना गरेर गैह्र आवासिय नेपाली संघ मलेसियाले स्रहानिय काम गरेको भन्दै श्रममन्त्रि सुर्यमान गुरुङले  बैदेशिक रोजगार सम्बन्धि कुनै पनि समस्या परे सिधै श्रम मन्त्रालय अथवा आफ्नो संम्पर्कमा आउन सबैमा आग्रह गरे । ठगहरुकाे अन्त्य गर्न  नसकिए पनि न्युनिकरण गर्न अाफु लागि परिरेहेको मन्त्रि गुरुङ बताउंछन ।  सञ्चालनमा ल्याईएको कोषमा झण्डै १० लाख रुपैया संकलन भएको छ । संघका पुर्ब अध्यक्ष शंकर बहादुर पौडेलको संयोजकत्वमा कोष सञ्चालनमा ल्याईएको हो । सोही कार्यक्रममा बोल्दै मलेसियाका लागी नेपाली राजदुत डाक्टर निरंजनमान सिंह बस्न्यातले राम्रो कामगर्नेको पक्षमा आफु सधै रहने बताए । नेपाली कामदार रहेका अन्य मुलुक भन्दा मलेसियामा रहेको नेपाली राजदुतावासले धेरै सक्रिय रुपमा काम गरेको डाक्टर बस्न्यातले जनाए । थोरै जनशक्त्तिले झण्डै ५ लाख नेपालीका समस्या समाधान गर्न आफु लागी परेको बस्न्यातको जिकीर छ ।
रोजगारीका लागी मलेसिया आएका अत्यन्त पिडीत नेपाली कामदारको उद्धारका लागी कोषमा जम्मा भएको रकम प्रयोग गरिने कोषका संयोजक पौडेल जानकारी दिएका छन् । समस्यामा परेका महिला कामदारलाई पहिलो प्राथमिकता दिईने र दोस्रोमा मानसिक रोगीहरुलाई  सहयोग गरिने संघका बर्तमान अध्यक्ष बिश्वराईले जानकारी दिए । कार्यक्रममा प्रेम पाण्डे,मोहन घिमिरे ,शुदर्सन थापा ,गणेश केशी,हेमराज पुरुष लगायतले अाफ्ना बिचार राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका